एमालेको शिरमा १७ हजार मान्छे मारिएको भार, यस्तो छ डरलाग्दो रहष्य ?

542
views

हविगत चाहिँ फेरि त्यही हुनेछ जुन उनको साथ पाउँदाका बखत ती दल भएका थिए । यो एकता यतो बेला भयो जुनबेला एमाले सबैभन्दा ठूलो दल भएको थियो र उसको भागबाट प्रचण्डलाई ४० प्रतिशत दिनुपर्ने भयो । यहीँनेर हो, एमालेले फेरि एकबल्ड्याङ खाएको ठाउँ पनि । अब उसका शिरमा १७ हजार मान्छे मारिएको भार आइपरेको छ र एमालेका कार्यकर्ताहरु अब त्यो कथित जनयुद्ध जायज थियो भन्दै माओवादीले भन्दा बढी वकालत गर्नेमा पर्ने भएका छन् । नेपालको राजनीतिक धरातलमा बितेको हप्ता केही महत्वपूर्ण काम भए । यो बेलासम्म छरिएका दलहरु बहुलवादी लोकतान्त्रिक र एक दलीय अधिनायकवादी कित्तामा काट भए । बहुलवादको नेतृत्व नेपाली कांग्रेसले ग¥यो भने एकदलीय अधिनायकवादको नेतृत्व एमालेले । एमालेले नेतृत्व गरेको यो एकताले सुरुमै त्यस्तो अधिनायकवादको संकेत दियो, योसँगै राजनीतिक संकट पनि जोरिएर आएको छ ।

यो एकताको प्रमुख सूत्रधार मानिएको माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक राजनीतिक प्रक्रियाको पूरै उल्लंघन गरे यो पटक पनि । यसले अबको यो गठबन्धन कसरी चल्छ र यसको दिशा के हो भन्ने संकेत पनि गर्छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सत्ता गठबन्धन क्रियाशील रहेका बेला, गठबन्धनलाई यथावत् राखेर प्रचण्ड नयाँ चुनावी गठबन्धनमा प्रवेश गर्नु यो सर्वथा अनैतिक सवाल हो । अर्को विपक्षसँग गठबन्धन गर्दा सरकार छाडिएको भए यसलाई स्वाभाविक नै मान्नुपर्ने हुन्थ्यो ।
सरकार नेपाली कांग्रेसको छ र त्यसको सहयात्री भने सरकारमा रहेर नै विपक्षसँग एकता गर्न गएको छ भने यो कस्तो राजनीति हो भन्ने कसैले बुझ्न सकेका छैनन् । यहीँबाट हो यो गठबन्धन अधिनायकवादतर्फ लागेको देखिएको ठाउँ पनि । मूलतः वामहरु एकदलीय पद्धतिको सिद्धान्त बोकेका नै हुन्छन् । मौका नपर्दामात्र बहुलवादमा होमिएको भन्ने यो एकताका एक प्रमुख पात्र प्रचण्डले बारम्बार नै भन्दै आएका नै थिए । संसदीय मूल्य र मान्यता त्यागिएको यो घटनाले त्यसलाई पुष्टि गरेको छ ।
सरकारसँग गठबन्धनमा रहेको प्रमुख वामपन्थी पार्टी प्रतिपक्षका रूपमा रहेको अर्को प्रमुख प्रतिपक्षी पार्टीसँंग चुनावी वा संगठनात्मक, जुनसुकै एकतामा गएपछि उसले कम्तीमा त्यो सरकारलाई छाड्नुपर्ने थियो । तर त्यस्तो भएन । प्रचण्डले वामपन्थी एकताको प्रस्ताव गर्दा सरकार छाडेका भए त्यसले उनको राजनीतिक कद बढाउने थियो ।
उनी त्यसको प्रतिकूल भूमिकामा ओर्लिएका छन् । सरकारमा नबसेसम्म चुनावमा उठ्न नसकिने मानसिकताले थिचिएको अवस्था हो यो । यो अवस्थामा प्रचण्ड सरकारबाट बाहिर निस्किन नचाहनु अस्वाभाविक नहोला । तर यसले सरकारमा पनि बस्ने र साथ भने विपक्षको लिने काम लोकतान्त्रिक हँुदै होइन । तर वामहरुको यो गठबन्धनको प्रारम्भ त्यहीँबाट भयो । यो वाम सिद्धान्तको एउटा उदाहरण हुनुपर्छ । त्यसै पनि नेपालको वाम राजनीतिमा पार्टी एकता र विभाजन कुनै नौलो कुरा होइन ।
नेपालका वामपन्थी पार्टीहरूबीच एकता संँगसँंगै विभाजन पनि सुरु हुने गरेको छ । सुरुमा सिंगो–सग्लो जन्मिएको नेपाल कम्युनिस्ट पार्टीको नामका अगाडि र पछाडि स्थापनाकालदेखि जोडिएका अनेकौं सर्ग र विसर्गले नै यो सत्यको उद्घाटन गरिसकेका छन् । जस्तो पहिले माले थियो एमाले बन्यो र अर्को माओवादी थियो एमाओवादी हुँदै माओवादी केन्द्र बन्न गयो । अब यो एकताको नाम के राखिन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ । तर अर्को फुटको सुरुवातचाहिँ भयो नै ।
जस्तो माओवादी केन्द्रका नेता गोपाल किराँतीले यो एकतापछि पार्टी परित्याग गरेमात्र होइन, त्यसलाई प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरीत हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजनासमेत गरे र प्रचण्ड समूहले गरेको एमाले विलयका विरुद्ध देशव्यापी भण्डाफोर गर्न आह्वान नै गरे । उनका भनाइमा यो एकता कुनै संस्थागत निर्णयविना नै भएको हो अर्थात अधिनायकवादी चरित्र यहाँ पनि प्रकट भयो ।
उनले वक्तव्यमा भनेका छन् (१) माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु । (२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिकसमेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु । (३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचानविरोधी उम्मेदवारलाई देशैभरि भाटे कारबाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु । (४) भेला आयोजक समिति गठनअघि एकपटक श्री प्रचण्डसँग वार्ता गरिनेछ । (५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवम् पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमर्पण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भीर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पुनर्गठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।
यसको अर्थ हो माोवादीका लागि उसले एमालेसँग गरेको एकता उसको त्यो दलमा विलय हो । त्यसलाई पुष्टि हुने गरी अरु कुरा पनि आएका छन् । माओवदी एमालेमा विलय भए पनि लगत्तै एमालेका नेता प्रदीप नेपालले लेखे ‘नआत्तिनुस्, अहिलेको एकता सूर्य चिह्न अर्थात् चुनावका लागि हो । पार्टी एकता हुँदैन । चुनावी एकता प्राकृतिक हो ।
यस्तो काम हामीले २०४८ सालको संसदीय चुनावमा पनि गरेका थियौं ।’ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको छ बुँदे सहमतिको मसी सुक्न नपाउँदै भित्रभित्रै गुम्सिएको कुरा ओकलिन थालेको छ । एकताकाको छ बुँदेमा दुवै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्का्विरुद्ध अभिव्यक्ति नदिने उल्लेख भए पनि त्यसको पालना भएन ।
यो पनि अधिनायकवादी सोचकै उपज मान्नुपर्छ । चुनावी अभियानको क्रममा गृहजिल्ला दाङ पुगेका एमाले नेता शंकर पोखरेलले माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको दाबी गर्दै एमाले ठीक रहेको तर माओवादी केन्द्र विलय भएको प्रतिक्रिया दिएका छन् । यो एकताको भोलिपल्टै दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्र आप्mनो सैद्धान्तिक तथा वैचारिक र व्यावहारिक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको बताए ।
कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलीय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको भनाइ राखे । उनले माओवादी केन्द्रको हैसियत ४० प्रतिशत नभएको तर एमालेले छाती ठूलो पारेर दिएको दाबी गरे । अनुमान गरो त अब यो लिने दिने कुराले यो एकतालाई कहाँ पु¥याउला ।
एमाले यो बेला प्रचण्डलाई भित्र्याउन पाउँदा सबैभन्दा प्रशन्न भएको छ । तर त्यसो गर्दा असले धेरै लामो समयपछि पाएको लोकतान्त्रिक परिचय गुमाएको छ । प्रचण्ड यस्ता व्यक्ति हुन् भन्ने कतै लुकेको छैन । उनले सबैभन्दा पहिले लोकतान्त्रिक संस्थाहरुलाई आक्रमण गर्न खोजे पशुपति, सेनापति र राष्ट्रपतिलाई तह लाउन उनले जे गरे त्यो जगजाहेर छ । दोस्रो संविधान सभाको निर्वाचनलगत्तै उनी मधेसका भए तर बीचमै छाडिदिए जसरी अहिले एकता केन्द्र नाउँ दिएर त्यो दलमा सहभागी भएका थिए । एमाले आफैं पनि उनको सिकार भएको थियो एक डेढ वर्ष अघिमात्र ।
यिनै व्यक्ति अहिले एमालेमा विलय हुँदा एउटा अर्को दल नेपाली कांग्रेसले यस्तो धोका पायो । विगतको उदाहरण छ प्रचण्ड कहिल्यै पनि एक ठाउँमा बसेनन् र कहिल्यै पनि लोकतान्त्रिक भएनन् ।
दोस्रो जनआन्दोलनको सफलतापछि प्रचण्ड ठूलो हावाहुरीसाथ राजनीतिक क्षितिजमा उदाएका थिए । त्यसैको आस प्रकाशमा माओवादी पार्टीले २०६४ सालको संविधानसभा चुनावमा अप्रत्यासित विजय प्राप्त गर्यो । पछि मधेसको पक्षमा उर्लिएको समर्थनले त्यसरी नै केही मधेसी दलहरू हौसिएका थिए जसरी अहिले एमाले हौसिएको छ ।
हविगत चाहिँ फेरि त्यही हुनेछ जुन उनको साथ पाउँदाका बखत ती दल भएका थिए । यो एकता यतो बेला भयो जुनबेला एमाले सबैभन्दा ठूलो दल भएको थियो र उसको भागबाट प्रचण्डलाई ४० प्रतिशत दिनुपर्ने भयो । यहीँनेर हो, एमालेले फेरि एकबल्ड्याङ खाएको ठाउँ पनि । अब उसका शिरमा १७ हजार मान्छे मारिएको भार आइपरेको छ र एमालेका कार्यकर्ताहरु अब त्यो कथित जनयुद्ध जायज थियो भन्दै माओवादीले भन्दा बढी वकालत गर्नेमा पर्ने भएका छन् । (जनमञ्च साप्ताहिकबाट)