निर्माण ब्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार

1883
views

काठमाडौं, २३ असोज । काठमाण्डौको शान्तिनगरमा निर्माण ब्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरिएको छ । आज दिउसो अज्ञात समूहले शान्तिनगरस्थित प्रयाग मार्गमा हिड्दै गरेको अवस्थामा संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानेको महानगरी प्रहरी वृत बानेश्वरले जनाएको छ ।
महानगरी प्रहरी वृत बानेश्वरका डिएपी रवि पौडेलका अनुसार गौचनको पेटमा दुईवटा गोली लागेको छ ।