धादिङ बस दुर्घटनामा एकको मृत्यु, ५३ घाईते

777
views

धादिङ, २४, असोज । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष स्थित पशुपति डाँडामा बस दुर्घटना हुदाँ एक जनाको उपचारका क्रममा बाटोमा मृत्यु भएको छ भने ५३ जना घाईते भएका छन् । घाईते २२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ छेलाङबाट मंगलबार सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा रुखको कापमा अड्किएको थियो ।

मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नं ३ का ५० वर्षीय होमबहादुर घले हुन् ।
गम्भीर घाईते भएका २२ जनाको काठमाडौँमा उपचार भइरहेको छ । भने अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालउ धादिङले जनाएको छ ।