सर्लाहीमा गोली प्रहारबाट सुन व्यापारीको हत्या

616
views

सर्लाही २५ असोज । अज्ञात समुहले गएराती सर्लाहीका सुन व्यापारीको हत्या गरेका छन् । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारी कविलासी गाउँपालिका–३ पिपरियाका २७ बर्षिय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
पसल बन्द गरेर घर फर्कँदै गरेका उनलाई गोलि हानी हत्या गरेको मृतकका पिता नागेन्द्र साहले बताए । मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीनचारजनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुट्न खोजेका थिए उनले प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।