मकवानको किबी तिहारअघि नै काठमाण्डौ

1110
views

हेटौँडा, २५ असोज । उत्तरी मकवानपुरको राम्रो उत्पादीत किबी फल तिहार अगावै बजारमा पु¥याउने तयार िगरिएको छ । यहाँका किबी उत्पादीत मकवानपुरको थाहा नगरपालिका बज्रबाराहीका कृषकहरू पहिलो खेपमा किबी फल काठमाडौँको बजारमा आपूर्ति गर्ने तयारीमा जुटेका हुन् ।
किबी फलको व्यावसायिक खेती गर्दै आउनुभएका बज्रबाराहीका कृषक फणिन्द्र सुवेदी चाडपर्वको समयमा किबी फलको स्वाद काठमाडौँका उपभोक्तालाई चखाउनका लागि तिहारअघि नै लैजाने तयारी गरिरहेको बताउँछन् ।
काठमाडौँका किबी फलका पारखीहरूका लागि तीन हजार केजीसम्म लैजाने तयारीमा छाै, किबी फ्रुट एसोसिएसन नेपालका सचिवसमेत रहनुभएका सुवेदीले भने प्याकिङको काम भइरहेको छ ।
रेड किबी फल यस वर्ष एक सय ५० केजी उत्पादन भएको कृषक सुवेदीले जानकारी दिए । रेड किबी फल स्थानीय बजारमा आठ सय ग्रामको प्याकेटको खुद्रा मूल्य ३५० रुपियाँमा बिक्री गरिएको थियो । सुवेदीका अनुसार किबी फल अझै परिपक्व नभई सकेकोले तिहारअघि केही बिक्री गरी बाँकी फल कात्तिकको अन्तिम साताबाट मङ्सिर महिनाभर बजारमा आपूर्ति गरिने भएको छ ।
मकवानपुरमा लागू भएको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन समिति मकवानपुरले उपलब्ध गराएको प्लास्टिकको पारदर्शी बट्टामा किबी फलको प्याकिङ गरिएको छ । बहुगुणी किबी फलको विभिन्न जात हुने भए पनि हेवार्ड जातको उपयुक्त हुने बताउँदै कृषक सुवेदीले मकवानपुरमा मिश्रित जातिको किबी फलको खेती भइरहेको बताए । हेवार्ड जातको किबी फल सबैभन्दा उत्कृष्ट मानिन्छ ।
मकवानपुरमा हेवार्ड, एलिसान, ब्रोनोलगायतका जातका किबी खेती भई रहेपनि सबैभन्दा बढी ब्रोनो जातको किबी फलको खेती भइरहेको छ । बज्रबाराही क्षेत्रका एक सय कृषकले व्यावसायिक खेती सुरु गरेको यो फलको एक बोटले दुई सय केजीसम्म उत्पादन दिने भए पनि सरदर ५० केजीसम्म उत्पादन हुने गरेको छ । एक पटक लगाएपछि वर्षौंसम्म फल दिने किवीफल तीनचार वर्षपछि थाहा नगरपालिका क्षेत्रमा मात्र ५० टनभन्दा बढी परिणाम वार्षिक उत्पादन हुने अनुमान गरिएको छ ।