घरमा बनाएको पाँचहजार लिटर अवैध रक्सी नष्ट

1389
views

निर्मल पौडेल
पर्वत, २६ असोज । जिल्ला प्रहरी कार्यालय पर्वतले घरमा बनाएको पाँचहजार अवैध रक्सी नष्ट गरेको छ । पर्वत जिल्लाको कुश्मा सदरमुकाम एरिया अन्र्तगत देउपुर डिमुवा, वारिवेनी वजार, मिलनचोक बजार र मालढुङगा वस्तिमा अवैध रुपमा उत्पादीत घरेलु मदिरा नष्ट गरेको हो ।
गाउँमा अवैध रुपमा उत्पादीत गरी विक्री वितरण गरेको सुचनाको आधारमा प्रहरीले लोकल रक्सी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत तथा विभिन्न प्रहरी चौकीहरुवाट खटिएको गस्ति, प्रहरी चेकिङ टोलीले चेकजांचको क्रमा घरेलु मदिरा तथा मदिरा वनाउन चाहिने आवश्यक कच्चा पदार्थ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा नष्ट गरिएको जनाएको छ । प्रहरीले ११५ प्लाष्टिकका ड्रमहरुमा राखिएको १५ पाथी सेतो मर्चा समेत नष्ट गरेको छ ।
चाडपर्वको अवसर मदिराबाट हुनसक्ने सामाजिक अपराधलाई न्युनिकरण गर्ने उद्देश्यले यस्तो अभियान चलाएको जिल्ला प्रहरी कार्याय पर्वतले जनाएको छ ।