चुनावबाट भाग्ने बहानामा मन्त्री परिषद् हेरफेर नर्गन ओली प्रचण्डको चेतावनी

1497
views

काठमाडौं, २६, असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्का अध्यक्ष प्रचण्डले निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न सुझाउँदै चुनाबबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
शीर्ष दुई नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका हुन् । काँग्रेस चुनावबाट भाग्ने बहाना खोजेको चर्चा चलेपछि त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराएका थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारीत निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिबिधि नगर्ने प्रतिबद्धता जनाएको वार्तामा सहभागी एमाले नेता नेम्वाङले बताए ।
भेटमा नेताहरुले सम्बन्धित दलको सिफारिस बिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे तीन दलका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ ।