दुक्तानमा सांस्कृतिक महोत्सवको आयोजना (पुरा हेर्नुहोस्)

699
views

विकासराज पौडेल
पर्वत, २७ असोज । विगतका वर्षमा जस्तै यस वर्ष पनि महाशिला गाँउपालिका लामे दुक्तानमा हरिवोधनी एकादशिको अवसर पारेर वौद्घ यूवा क्लवद्घारा विविध साँस्कृतिक महोत्सवको आयोजना गरेको छ ।यस वर्ष भने विगतमा भन्दा फरक तरिकाले मेलाको आयोजना गरिएको छ ।

यस वर्ष स्व. क्या.श्री नन्द वहादुर गुरुङ्ग वीर चक्र स्मृतिको रुपमा आयोजना गरिएको हो ।

 

कार्यक्रममा वडास्तरीय पुरुष भलिवल प्रतियोगिता साथै कात्तिक १४ गते एकादशिको दिनमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँकृतिक कार्यक्रम सालैजो, हाँस्य कलाकारले मनोरञ्जन प्रदान गर्नेछन ।

भलिबल प्रतियोगितामा प्रथम, द्घितिय, तृतिय, हुनेलाई क्रमश ५० हजार ट्रफी ,मेडल, प्रमाण पत्र, ३० हजार ट्रफी ,मेडल, प्रमाण पत्र, १५ हजार ट्रफी ,मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ । कार्यक्रममा देश तथा विदेसमा रहेका गाँउवासी सघं विभिन्न सँस्था लगायतले सहयोग गरेका छन ।