नेपाललाई पाँचौ सफलता, बसन्त र सन्दीपले लिए विकेट (लाईभः)

1620
views

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले जारी खेलमा हङकङको पाचौ विकेटको पतन भएको छ ।
नेपालका बसन्त रेग्मीले सम्हालिएर ब्याटिङ गरिरहेका वाकिस खानलाई विकेटकिपर विनोद भण्डारीबाट स्पटिङ गराएको अर्को ओभरमा सन्दीप लामिछानेले भर्खरै क्रिजमा आएका शाहिद वासिपलाई एलबिडब्लु गर्दै पवेलिएन फर्काएका हुन् । ४१ बलको सामना गरेका वाकिसले १४ रन जोडे भने शाहिदले १ रन मात्रै जोड्न सके ।
समाचार तयार पारुञ्जेल हङकङले ३१ ओभरमा ५ विकेट गुमाएरु १ सय ९ रन बनाएको छ । उसका जेजे आतिन्सन ५१ रनमा खेलिरहेका छन् भने अहसान खान भर्खरै मैदान प्रवेश गरेका छन् ।

लाईभः