दार्जिलिङमा हिंसाः गोली लागेर प्रहरी अधिकारीसहित दुईको मृत्यु

716
views

दार्जिलिङ, २७ असोज । सरकारी पक्षले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्रिन खोजेपछि दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । शुक्रबार भएको झडपमा चलेको गोली लागेर एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको हो ।

साढे तीन महिना लामो अनिश्चितकालीन हड्ताल अन्त्य भएको १६ दिनपछि प्रहरीले नेता विमल गुरुङलाई समात्न छापा मार्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी अमिताभ मलिकको मृत्यु भएको जनाइएको छ । झडपमा अन्य मोर्चा कार्यकर्ता पनि मारिएको आशंका गरिएको छ । शुक्रबार बिहान ५ बजे प्रहरीले लाप्चे बस्तीमा छापा मार्न सुरु गरेको थियो ।

अलग राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोजमुमोमा पनि पछिल्लो समय संकट पैदा भएको छ । पार्टीबाट निकालिएका विनय तामाङ र अनित थापालाई पश्चिम बंगाल राज्य सरकारले जिटिएको प्रमुख र उपप्रमुखमा नियुक्त गरेको छ भने विमल गुरुङलाई मुद्दा लगाएको छ ।

प्रहरीले खोज्न थालेपछि विमल गुरुङ भूमिगत अवस्थामा छन् । उनले विनय तामाङ र अनित थापालाई ’गद्दार’ को संज्ञा दिएका छन् ।
विमल गुरु ण्ज्ञठण्ले भने ३० अक्टोबरमा आफू दार्जिलिङ पहाडमा सार्वजनिक हुने र मर्नै परे जनताको अगाडि आएर मने बताएका छन् ।