चिकित्सा विधेयक पारित गर्ने कसरतमा राजनीतिक दलहरु, होला त पारित ?

1513
views

काठमाण्डौ, २७ असोज । संसदको कार्यसुचीमा समावेश गरेतापनि वेवास्ता गरिदै आएको चिकित्सा विधेयक पारित गर्ने कसरतमा राजनीतिक दलहरु जुटेका छन् ।
संसदको महिला बालबालिका समितिबाट सर्वसम्मतले पारित भएको विधेयकका केही प्रावधानमा डाक्टर गोविन्द केसीले असहमति जनाउँदै आएका छन् । १३ पटक सम्म अनसनमा बसेका डाक्टर केसीको माग सम्बोधन गर्नको लागि बैठक बसेतापनि विपक्षी दल एमालेले त्यसको विरोध गर्दै आएको छ ।
विधेयक अगाडि बढाउने छलफलमा काँग्रेस सांसद गगन थापा र एमालेका सांसद राजेन्द्र पाण्डे समेत सहभागी छन् । यसै गरि सभामु ओनसरी घर्तीले समेत चिकित्सा विधेयक पारित गर्नको लागि राजनितिक दलहरुलाई बैठक बोलाएकी छन् ।