नवलपरासी सवारी दुर्घटनामा २८ घाईते

672
views

नवलपरासी, २८, असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।  काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नं को बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुम्कीवासले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।