रोल्पा जलजला सेवा समाजकतारको दिपावलीको तयारी बैठक सम्पन्न

905
views

कतार, २८ असोज । १३ अक्टोबर २०१७ शुक्रबारको दिन कतारको दोहा स्थित दिवार अल्कुदुप पठानी पार्कमा रोल्पा जलजला सेवा समाज दोहा कतारले दीपावलीको तयारी बैठक सम्पन्न गरेको छ ।
रोल्पाली परिवारभित्र मनाउन गइरहेको दसैं तिहार चाडपर्वको अवसरमा जिल्लाभित्र रहेका टोल वडा गाबिस स्थरिय समाज समुहका प्रतिनिधित्व र रोल्पा जलजला सेवा समाजका कार्यसमिति पदाधिकारी सल्लाहकार सदस्यहरुको उपस्तिथिमा सो बैठक सम्पन्न गरेको हो । बैठक समाजका अध्यक्ष शिव बुढाथोकीको अध्यक्षता सम्पन्न भएको हो ।
बैठकमा कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदीबहिनी र रोल्पा जिल्ला भित्र रहेका संघ सस्था समुहको समन्वयमा एकै परिवार भएर यसपटक संगै बसेर प्रवासमा रोल्पालीहरुको शान्ति,सद्भाव र एकताको चाहना,बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाज कतारले शुभकामना आदानप्रदान कार्यक्रमको अन्तिम तयारी गरिसकेको समाजका संयोजक बसन्त थापाले बैठकमा स्पष्ट पारे ।
कार्यक्रम २० अक्टोबर २०१७ शुक्रबारको दिन समय दिउँसो १२ः३० बजे देखि रोटना रेष्टुरेन्ट सभाहल सनैयामा हुने समेत बताए । उक्त बैठकको सञ्चालन समाजका महासचिव देबराज पुनले गरेका थिए ।