एमाले–माओवादी र कांग्रेस–राप्रपा उस्तै हुन्–वैद्य

454
views

काठमाडौं,२९ असोज । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले एमाले–माओवादीकेन्द्र– कांग्रेस र राप्रपा सबै उस्तै भएको बताएका छन् ।
मात्रात्मक रुपमा तलमाथि देखिएपनि माओवादी, एमाले, कांग्रेस र राप्रपा राजनीतिक र वर्गीय रुपमा एउटै भएको महासचिव बैद्यको भनाइ छ । ‘राजनीतिक र वर्गीय रुपमा उनीहरु सबै एउटै हुन्,’ उनले भने, ‘मात्रात्मक रुपमा केही फरक होलान ।’
पोखरामा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बैद्यले कम्युनिष्ट भन्ने एमाले र माओवादी समेत राजनीति वर्गीय रुपमा कांग्रेस र राप्रपासँग नजिक रहेको बताए ।
मसालसँग एकता प्रयास
बैद्यले प्रथम राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने निर्णय गरेको भन्दै प्रयास सुरु गरिएको बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप नेकपा (मसाल)सँग पहल गरिएको उनले बताए ।