पश्चिमाञ्चलकै उत्कृष्ठ जुनियर रेडक्रसमा जनसहयोगी मावि सम्मानित

250
views

महेन्द्र जिसी
पर्वत, ४, बैशाख । नेपाल रेडक्रस सोसाइटीको ४६ औ महाधिवेशनबाट उत्कृष्ठ ठहरीएको पलmलेवास नगरपालिका–३ पर्वत स्थित शंकरपोखरीको श्री जनसहयोगी माविको जुनियर रेडक्रस सर्कललाई सम्मान पत्र हस्तान्त्रण गरीएको छ ।
नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक र जुनियर रेडक्रस सर्कलका अध्यक्षलाई सम्मान गरेको हो । शाखाका सभापती रुद्रबहादुर रिमालले प्रमाण पत्रले सम्मान गर्नुभएको हो ।
विद्यालयलाई सम्मान गर्दै रिमालले पश्चिमाञ्चल मै ठहरिएका कारण ४६ औ महाधिवेशनबाट विद्यालयलाई सम्मान गरिएको बताउनुभयो । विद्यालयमा रहेर मानव सेवामा उत्कृष्ठ काम गरेको भन्दै जिल्लाको मात्र नभई अञ्चलको समेत शिर उचो पारेको हुँदा श्री जनसहयोगी मावि उत्कृष्ठ बन्न सफल भएको रिमालले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश बहादुर थापा, शिक्षक नायक महेन्द्र कार्की, उपनायक झलक शर्मा तथा जुनियर रेडक्रस सर्कलका अध्यक्ष सुसान्त अधिकारीलाई सम्मान गरीएको हो ।
जिल्लाका चार विद्यालयले दिएको आवेदनमा उत्कृष्ठ श्री जनसहयोगी माद्यमिक विद्यालय उत्कृष्ठ भएका कारण केन्द्रले सम्मान गरेको शाखाले जनाएको छ । सम्मान ग्रहण पछि विद्यालयका प्रधानाध्यापक गणेश बहादुर थापाले आँफुहरुले गरेको नियमित कार्यक्रम र रेडक्रसको मान्यतामा शाखाले चासो देखाएर केन्द्रसम्म विद्यालयको गरिमा बढाई दिएको हुादा शाखाप्रति आभार व्यक्त गर्नुभयो ।