चन्द प्रमका सुरक्षा सल्लाहकार ?

1344
views

काठमाडौं, ५ वैशाख । आइजीपी नियुक्तिको विवादमा प्रहरी संगठन यसपटक इतिहासमै अस्तव्यस्त बन्यो । आइजीपी नियुक्तिमा सरकारको राजनीतिक हस्तक्षेप र राजनीतिक चलखेलका कारण प्रहरी अस्तव्यस्त बनेको हो । बल्लतल्ल संगठनले आइजीपी त पायो, तर एआईजीविहिन रुपमा प्रहरी चल्दै आएको छ । चुनावको मुखमा प्रहरीका सबै विभागहरु निमित्तको भरमा चलेका छन् ।

दृष्टि साप्ताहिकमा खबर छ– सरकारले आइजीपीमा बढुवा गरेर पनि सर्वोच्च अदालतबाट बदर हुन पुगेका जयबहादुर चन्दको अर्को पीडा छ । आइजीपी भएपछि गत २ फागुनमा उनले आइजीपीका रुपमा बधाइका फुलमाला लगाए, स्यालुट खाए । तर, मन्त्रिपरिषद्को बढुवा निर्णय अदालतले रद्द गरिदिएपछि उनी घरमै बस्दै आएका छन् । उनको अबको जागिर के हुने भन्नेसमेत अन्योल छ ।

आइजीपीमा बढुवा भएयता उनी लागूऔषध नियन्त्रण ब्यूरो (एनसिबी)मा गएका छैनन् । निमित्त प्रमुख भनेर एसएसपी धिरु बस्नेतको बोर्ड राखिसकिएको छ । चन्द २ महिनादेखि घरमै बस्दै आएका छन् ।

स्रोतका अनुसार उनले आफ्नो व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनी एआईजीमा बढुवा हुने वा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बन्ने भन्ने प्रष्ट छैन ।