मन्त्री प्रभाकरको उज्यालो नेपालको त्यो योजना

794
views

काठमाडौँ, ३ कार्तिक । १८ घण्टा सम्म लोडसेडिङ्गको मार खेप्दै आएका राजधानीवासीलाई जनार्दन शर्मा प्रभाकरले उर्जामन्त्री भएको केही महिनामै लोडसेडिङ्ग मुक्त बनाए । उनको लोडसेडिङ्ग मुक्त योजनाका कारण उर्जामन्त्री सम्हाल्दा जनताको हाइहाइ बने । वषौँदेखि लोडसेडिङ्ग खेप्दै आएका नेपाली जनताले कसरी २४ सै घण्टा उज्यालोमा बस्न पाए ? भन्ने धेरैलाई अझै पनि कौतुलहता छ । कसरी बनेको थियो उज्यालो नेपालको योजना र कसरी सम्भव भयो भन्ने बारे मन्त्री शर्माले सामाजिक सञ्जालमा भनेका छन् ।
तिहार फूलको पर्व, भाई बहिनीको मिलन अनि झिलीमिली बत्तीको पर्व उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाई बहिनीको मुहारको मुस्कान ।
संयोग भनौ जनताको चाहनाबस म गत तिहारको केहि महिना अगाडि नेपाली क्रान्तीका नायक क. प्रचण्डको नेतृत्वको सरकारमा उर्जा मन्त्री भएं । जलश्रोतको धनी देशको १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री ?
मन्त्री भएकै दिन लोडसेडिङ्गको पिडावोध गरीरहेका जनताको छटपटी महसुस गरें । दोश्रो हप्ता प्रतिवद्धता पत्रको १ नम्बर बुँदामा राखेँ म लोडसेडिङ्गको पिडा बोध गरी रहेका जनताको पिडा मुक्त गर्न यो अध्यारो पनलाई हटाई लोडसेडिङ्गबाट मुक्त गर्ने छु । यस्तो भनाई अपत्यारीलो रु कसैले भने सस्तो लोकप्रियता, केहिले लेखे सबैले भन्दै आएको कुरा, कसैले भने दुस्साहस त कसैलाई लाग्यो फेरी नेताले जनतालाई झुक्यायो वा ढाँट्यो । आदि आदि ।
न जनता, न कर्मचारी न व्यापारी कसैलाई विश्वास थिएन । स्वयं खडा गरेको चुनौतीले झन गम्भीर बनायो , तर हर समस्याको समाधान हुन्छ भनेर सम्हालिएं । समस्या कहाँ छ खोज्न थालें । श्रावणमा पनि लोडसेडिङ्ग किन ? प्रश्न गर्न थाले र उत्तर खोज्दै गर्दा वितरणमा हुने अवैध व्यापारको हस्को आयो अनि व्यवस्थापनको कुनियत सच्याउन मेरो प्रतिवद्धता प्रति इमान्दार व्यत्तिको जरुरी देखें अनि अनुप उपाध्यायलाई मन्त्रालय सम्हाल्न अनुरोध गरे । संगसंगै काम नै नपाएर पाखा लागेका कुलमान खोजें । उनिहरु सहित अन्य प्राविधीकलाई राखेर भनें मलाई उज्यालो चाहियो, अवैध व्यापार बन्द गर्ने र समान वितरण गर्ने सहि विधी तय गर्ने, थपीन सक्ने पावर थप्ने योजना चाहियो र सारमा जनतालाई उज्यालो चाहियो ।
कुलमानलाई भनें ‘उज्यालो तिहार हुनुपर्छ’ प्राविधिक कमिटी तयार भयो १५ दिनको मेहनत पछी तिहार उज्यालो पार्ने योजना बन्यो । लक्ष्मी पुजाको अवसरमा लोडसेडिङ्ग हटाउने कामको सुभारम्भ भयो, उज्यालो तिहार र छटसम्म लोड व्यवस्थापनको रुटिन वन्यो । १२ घण्टाको औद्योगिक लोडसेडिङ्ग ४ घण्टामा झर्न सक्यो घर घरमा चौबीसै घण्टा बत्ती बल्यो ।
विविध प्राविधिक चुनौतिका वावजुत प्राविधिक गडबडी हुदाको केहि समय बाहेक यो तिहार सम्म १ वर्ष पुग्यो । बत्ति चोर्ने, बत्ति बेच्ने र दुरुपयोग गर्ने हरुको मर्ममा प्रहार गरेर लोड व्यवस्थापनको कुशलता प्रयोग गरेर राजनैतिक र जनताप्रती उत्तरदायी प्रतिवद्धताको यो उपहार हो । आर्थिक वृद्धिमा तिव्रता, अँध्याराको त्रासबाट जनताको मुक्ती, युवाहरुमा नयाँ विश्वास र आशा । देश बनाउन इमान्दार प्रयत्न, कुशल व्यवस्थापन, चुनौती खडा गर्दै सामना गर्ने प्रतिवद्धता हाम्रो “उज्यालो नेपाल”को सफलता । धन्यवाद मेरो टोलीलाई जस्ले दुस्साहसी भनिएको, सस्तो लोकप्रीयता भनिएको, झुट्ठा आस्वासनमा गनिएको सोचलाई जवाफ दियो ।
धन्यवाद मलाई विश्वास गरेर जिम्मेवारी दीने मेरा आदरणीय नेता प्रचण्डलाई, धन्यवाद इमान्दार नेतृत्व गर्ने सचिव अनुपलाई, धन्यवाद कुलमानको नेतृत्वको प्राविधिक टिमलाई । धन्यवाद मलाई हौसला प्रदान गर्ने युवा साथिहरुलाई, सवै आदरणीय जनतालाई । उज्यालो नेपालको १ वर्षको सफलताको अनुभुती सगैं दिपावलीको उपलक्ष्यमा शुभकामना । अव समृद्धिका लागि नेपालको पानी जनताको लगानी । अव नयाँ अभियान । संसार न्युजबाट