मन्त्रालयमा महराको पत्रकार सम्मेलन, सहयोग गर्ने सबैलाई धन्यवाद

968
views

काठमाण्डौ, ३१ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूलाई सहयोग पुर्याउने मन्त्रालयका सचिव, कर्मचारी र सचिवालयका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै मन्त्री महराले भने, ‘अब म मन्त्रालयमा रहिन भने पनि मलाई सहयोग पुर्याउने, मन्त्रालयका सचिव, सहसचिव, कर्मचारी र सचिवालयका सबैलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री महराले पार्टीले निर्णय गरे एक मिनेट पनि सरकारमा नबस्ने समेत बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा मंगलबार बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको थियो । प्रचण्ड र देउवाको भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री महरासमेत सहभागी थिए ।