नक्कली वामको एकता कि ईसाईकरणको आवश्यकता ?

506
views

-यज्ञ वहादुर थापा
नेपालमा यतिबेला वाम एकताको विषय अगाडी बढिरहेको छ । यो वाम एकता औचित्यता र आवश्यकता हो की होईन् ? भन्ने विषयमा विवाद छैन् । कम्तीमा पनि ६८ प्रतिशत छरिएर रहेका वाम शक्तिहरु एकता हुनु नेपाली परिदृश्यमा आवश्यकता पक्कै हो । तर, अहिले जुन एकता चलिरहेको छ यो एकताको औचित्यता सान्र्दभिकता, दिर्घकालिनता र यर्थाथता हो कि होईन् । हो भने किन अचानक एकता भयो नक्कली वामको एकता कि ईसाईकरणको आवश्यकता ? हैन भने यसले किन स्थान पाईरहेको छ शंका गर्ने प्रशस्त आधारहरु छन् । 

नेपाल विश्वको सात दरिद्रतम् राष्ट्रहरु मध्ये एक हो । एकिकरण पछिको नेपाल केन्द्रिकृत सामनित भू–स्वामित्वको उदय तथा जहाँनिया निरङकुश राणा शासनको एकिकृत व्यवस्था समेत भोग्दै आयो । १०४ बर्षे कालरात्री राणाशासन समाप्त गर्न र देशमा शिक्षा, स्वास्थ्यको विकास गर्न हाम्रा पुर्खाको बलिदान सफल रह्यो । २००७ सालमा प्रजातन्त्रको भूर्ण तयार भयो ।
नेपाली शाषकमा दक्षिणको मुख ताक्ने प्रवृत्ति अचेल मात्र होईन् लिच्छिवकिालिन समय र त्यो भन्दा पूर्व पनि थियो भन्ने कुराहरुको ईतिहास हामीसाग प्रष्ट नै छन् । शाहा उपाधी होस् या मल्ल उपाधी होस् आफ्नो राजसत्ता टिकाउनको निम्ति दक्षिण दिल्ली जानुपर्ने, भारी भरकम सौगात टक्रयाउनुपर्ने प्रचलन नेपाली शाषकका लागि नयाँ भने पटक्कै हुँदै होईन् । इतिहासमा त्यस्ता केही व्यक्ति मात्रै भेटिन्छन् जस्ले दक्षिणको मुख ताक्न चाहेन् । अंशु बर्मा, पृथ्वीनारायण शाह, महेन्द्र वीर वीक्रम शाह, यि महान पात्रहरु हुन् । जस्ले उत्तर तिरको सम्बन्ध प्रगाढ गर्न र सोही बराबरको सम्बन्ध दक्षिणतर्फ कायम गर्न उल्लेखित शाषक लागिरहे । पृथ्वी नारायण शाहले दक्षिणँग सावधान र सचेत रहनु भनेर सचेत गराउँदै आएका थिए । त्यसबेला नेपालको अर्थव्यवस्था र राणाकालसम्म आईपुग्दा समृद्ध र आत्मनिर्भर प्रकारको थियो ।

नेपालका शासकहरुमा ज्यादात्तर देखिने ढोंगी र प्रवृत्ति तथा दक्षिण रिझाउने खेल र आफु सत्तामा रहिरहने राष्ट्रघाती खेल रहँदै आयो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी सिङगो कम्युनिष्ट पार्टीको ईतिहासमा परिपक्व भएता पनि शैशव कालदेखि नै घात प्रतिघात सहाँदै आयो । यसको चिन्तन, कार्यशैली तथा शाषन अपरिपक्व दक्षिणबाट निर्देशित देखिदै आयो । एउटा कम्युनिष्ट पार्टीबाट थुप्रै वामपन्थी समुहहरुको उदय र यि वामपन्थीहरु कुनै दरबर परस्त त कुनै भारत परस्त बन्दै अगाडी बढ्दै गयो ।
कम्युनिज्म आर्दश हो । यो सभ्य समाजको निर्माणका लागि हो । त्यसैले यो आर्कषित छ । यस्ले लागू गर्ने क्रियामा पार्टी जीवनभित्र होस् या शासन सञ्चलन गर्ने क्रियामा होस् कम्युनिज्म पद्धति अँगाल्नु र निरन्तर लागिरहनु टिक्न सक्नु गौरवशाली विषय हो । नेपाली कम्युनिष्टहरु टिक्ने र टिकाउने क्रियामा भन्दा आफुलाई व्यक्ति प्रधान ठानी लाग्ने क्रियाले कम्युनिष्टको आर्दश नेपाली कम्यनिष्टहरुले फोस्रो सावित गरिदिएका छन् । समाज वर्ग सापेक्ष हुन्छ । समाजमा शोषणको रुप अनगिन्त हुन्छन् र यसलाई वर्ग संघर्षको रुपमा उठान गरेर कम्युनिष्ट राज्य सञ्चालन गर्नु महान विषय हो । नेपाली विशिष्टतामा कम्युनिष्ट पात्रका धरोहरहरु आर्दश कम्युनिष्ट बन्न विशाल हृदय चाहिन्छ । नेपाली मानसिकता टुट फुट तथा विभाजन कार्यमा रमाउनु बन्दै आएको छ ।

नेपालको हाल वामपन्थी आन्दोलनमा कमरेड प्रचण्ड उदयीमान भएर आएका छन्, पष्पलालपछि मनमोहन अधिकारी वामपन्थी आन्दोलनका अगुवा नै मान्नुपर्ने हुन्छ तर प्रचण्ड पात्र पात्रमै सिमति रहने अवस्था देखिदै छ । प्रचण्डको व्यक्तिगत जीवनशैली हिजो र आज आकाश पातालको फरक नै छ । नेपालमा युरोपियन ईसाई मेशिनरीले वामपन्थी नामधारीलाई हात लिई नेपालको वि.सं. २०८० सालभित्रमा ईसाई राष्ट्र घोषणा गर्ने मिसनका साथ यि कथित वामपन्थीहरुलाई कठपुतलीको रुपमा दिशानिर्देश गरिरहेको छ । हिन्दुहरुको संरक्षकको रुपमा रहेका राजा, राजसंसथा र नेपाली जनताप्रति वफादार नेतृत्व अन्त्य गर्नु युरोपको ठूलो भूमिका रहिआएको छ । विगतमा भिमसेन थापा, हालका समयमा मदन भण्डारी, राजा वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्र शाहलाई सत्ताच्युत गर्नु युरोपियन ईसाई मेसिनरीकै मोडेल हो । यहि मिसनलाई पुरा गर्न तथाकथित वामपन्थी एकताका नाउमा दुई ठूला वामपन्थी दलहरु एमाले, माओवादी, कथित एकताको कुरा गरिरहेका छन् । यो एकता रुपमा सही देखिएता पनि सारमा राष्ट्रियताको अन्त्य गर्नु, नेपालीत्व सिध्याउनु हो । मदन भण्डारीको आकष्मिक दुर्घटना संयोग होईन् । युरोपियन ग्राण्डडिजाईन अन्र्तगत कै खेल हो । कमेरड मदन भण्डारी जनताको वहुदलिय जनवादको संस्थापक प्रणेयता, जसको दर्शनले युरोपलाई चकित तुल्यायो, अमेरिकाको टाउको दुखायो । नेपाली जनताको आशाको धरोहर शिकार हुन पुगे ।

नेपाललाई व्रेनड्रेन गराउने युरोपको पूर्व योजना अन्र्तगत नै नेपाली युवाहरु युरोपकै भूमिमा रहँदै आउनु र नेपालको राजनीतिक दलहरुमा वामपन्थीहरुलाई सहज किन्न सक्नु नेपाल र नेपालीहरूका लागि सबैभन्दा घातक बन्दै आयो । युोपको यहि ग्राण्ड डिजाईन अन्र्तगत नै कमरेड प्रचण्डले कथित वमपन्थी एकताको घोषणा गर्न पुग । एमाले आफ्नो सिद्धान्त दर्शनभित्र माओवादीलाई विलय गराउन सक्नुमा आफुलाई सफल नै ठान्यो । नेपालको प्राकृतिक सम्पदामा भारतको कु–नजर र इसाई राष्ट्र घोषणा गर्ने युरोपको योजनाको शिकार नेपालका वामपन्थीहरु एमाले, माओवादी लगायतका अन्य स–साना दलहरु युरोपियन डलरको खरीद बिक्रिमै लागिरहेका छन् ।

यो पंक्तिकार आम नेपाली समुदाय र वुद्धत्व वर्गसँग यो प्रष्ट पार्न चाहान्छु कि यतिबेला नेपाली र नेपालको भविश्य स्पष्ट गर्ने बेला हो । वामका नाउमा रमाएका यि ईसाईकरणका मसिहाहरुले यो देशलाई दोस्रो दर्जाको नागरिक सम्झने र नेपालको वाम नेतृत्व आफु युरोपबाट संरक्षित हुने खेल शिवाय अरु केही होईन् । हिन्दुत्वको विरुद्धमा नेपालको संविधानमा नै ईसाईत्वकरणका लागि संसोधित बहुमत तयार गर्न गरिएको यो एकता नक्कली वामहरुको एकता कि ईसाईकरणको आवश्यकता ? यो जटिल प्रश्न हाम्रा सामु छ ।

यज्ञ बहादुर थापा अधिवक्ता हुन् ।