नेपाल टेलिकमले रिचार्जमा १०, एसएमएसमा ५० प्रतिशत छुट

865
views

असोज ३१ गते । नेपाल टेलिकमले तिहारको उपलक्ष्यमा बुधबारदेखी शुक्रबार सम्म आफ्ना ग्राहकलाई विभिन्न छुट दिने भएको छ । टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।
प्रिपेड र पोष्टपेड दुवै सिम प्रयोगकर्तालाई कम्पनीको नेटर्वकभित्र हुने एसएमएस सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
उसले यो सुविधा २ देखि ९ गतेसम्म लागू हुने जनाएको छ । यो अवधीमा कम्पनीका ग्राहकले टेलिकम नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् ।