टिकट नपाएको झोकमा राजपा मुख्यालयमा नेताको धर्ना

754
views

काठमाण्डौ १ कात्तिक । टिकट वितरणमा गम्भीर असन्तुष्टी जनाउँदै झोक्किएका नेताहरु राष्ट्रिय जनता पार्टीका नेताहर राजपा मुख्यालयमा धर्ना बसेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का दुई महासचिवसहितका दर्जन नेताहरुले धर्ना सुरु गरेका हुन् ।
समानुपातिक सूचीमा पार्टीभित्रको मर्यादाक्रमअनुसार सच्याउन मागसहित महासचिव केशव झा, पेशल ढकाललगायत एक दर्जनको संख्यामा नेताहरु राजपा केन्द्रीय कार्यालय बबरमहलमा बुधबारदेखि धर्ना बसेका हुन् ।
धर्नामा केन्द्रीय सदस्य बीपी यादव, दीपक झा, दीपेन्द्र अग्रवाल तथा विद्यार्थी र युवा संगठनका पदाधिकारीहरु सहभागी छन् । मध्यान्ह १२ बजे सुरु धर्ना शुरु भएको हो ।
उनीहरुका अनुसार नेतृत्वले मनोमानी ढंगले समानुपातिक सूची तयार पारेकोले संशोधन नगरेसम्म धर्ना जारी राख्ने बताए । तिहारको भाइटीकाको दिनसम्म धर्ना दिँदा माग सम्बोधन नभए त्यसपछि रिले अनशन सुरु गर्ने धर्ना बसेका नेताहरुले बताएका छन् ।