यसरी गोल गरे नेयमार, एमबापे र काभानीले

821
views

कात्तिक, २ काठमाडौं । नेइमार, एमबापे र इडिसन काभानी सबैले गोल गर्दा पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा एन्डरलेचमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्डरलेचमाथि ४–० को जित निकालेको हो ।
एन्डरलेचको घरेलु मैदानमा भएको खेलमा पीएसजीले तेस्रो मिनेटमा नै एमबापेको गोलबाट अग्रता लिएको थियो । ४४ औं मिनेटमा काभानीले गोल गरेपछि फ्रेन्च टोली पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
खेलको ६६ औं मिनेटमा नेइमारले गोल गरे । ८८ औं मिनेटमा एन्जल डि मारियाले गरे गर्दै पेरिस सेन्ट जर्मेनलाई ४–० गोलको जित दिलाएका छन् ।