ट्रम्प असंवेदनशीलः सैनिककी आमा

768
views

कार्तिक २ गते । निजेरमा एउटा सैन्य कारबाहीका क्रममा मारिएका सैनिककी श्रीमतिप्रति राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्ति गहिरो विवादमा परेको छ ।
दिवंगत सैनिक डेभिड जनसनकी आमाले डेमोक्र्याट सांसद फ्रेडेरिका विलसनको टिप्पणी उल्लेख गर्दै ट्रम्पले विधवाप्रति कम सम्मान देखाएको बताइन् । ट्रम्पले भनेविलसनको आरोप पूर्ण रुपमा बनावटी भएको प्रमाण आफूसँग रहेको बताए ।
आलोचना
सैनिक डेभिड जनसन यसै महिना इस्लामवादी लडाकुबाट निजेरमा मारिएका थिए । अक्टोबर ४ मा भएको उक्त घटनापछि ती सैनिकका परिवारलाई सम्पर्क नगरेको भन्दै यसअघि नै ट्रम्पको चर्को आलोचना भइसकेको छ ।
ट्रम्पले ती सैनिककी श्रीमतिलाई उनका श्रीमानले केमा हस्ताक्षर गरेका थिए भन्ने कुरा आफूले नबोलेको बताए । यसैबीच डेमोक्रेटिकतर्फकी सांसद विलसनले ट्रम्पले ती सैनिककी विधवाप्रति संवेदनशीलता नदेखाएको बताएकी हुन् ।
फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने विलसनले सैनिकको शब रहेको बाकस मायमीमा आइपुग्नु अघि राष्ट्रपतिले उनको घरमा फोन गरेको बताइन् ।
अनादर
उनले राष्ट्रपतिले जे भने त्यो फोन संवादमा भन्न सकिने तर त्यही कुरा वियोगमा रहेकी एकजना विधवालाई भन्न नहुने बताइन् ।
विलसनको यस्तो भनाईपछि ती सैनिककी आमाले त्यसलाई दोहोर्याउँदै राष्ट्रपति संवेदनशील नभएको बताएकी हुन् ।
वासिङ्टन पोष्ट पत्रिकासँग बोल्दै उनले आफ्नो छोरा, छोरी, आफू र आफ्ना श्रीमानप्रति ट्रम्पले अनादर गरेको बताएकी हुन् ।
एउटा छुट्टै घटनामा ट्रम्पले सैनिक छोरो मारिएपछि वियोगमा रहेका पितालाई फोनमा पैसा दिने प्रस्ताव राखेको र पछि नदिएको घटना पनि सार्वजनिक भएको छ । विविसी