नेकपा छाडेको मल्लको घोषणा

858
views

नवदृष्टि संवाददाता
कार्तिक, २ गते । नेपाल कम्युनिष्ट पार्टीका कोन्द्रिय सदस्य झक बहादुर मल्ल ‘सुदिप’ले नेकपा छाडेको घोषणा गरेका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष समेत रहेका मल्लले राजिनामा दिएका हुन् ।
सुदीप मल्ल उनको फेसबुक मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले भनेका छन् ‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयम्सेवकको अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्दछु । दुनियाँ बदल्ने महान् जिम्मेवारी र यात्रा भने अबिराम रहने छ ।’’

ऐतिहाँसिक सुर्खेत जेलबे्रकका कमाण्डर तथा जनयुद्धकालमा जनमुक्ति सेनाका ब्रिगेड कमिसनार समेत रहेका मल्लको यो राजिनामाले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिमा निक्कै हलचल ल्याउने देखिएको छ ।