भ्यान र मोटरसाईकल जुध्दा एकको मृत्यु

852
views

दमक २ कार्तिक । मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।
सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
२७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए । घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।