डोटीमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते

800
views

डोटी, २, कात्तिक । डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रुबहाक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अरु १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयले जनाएका छन् ।
डोटीको बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस बिहीबा दुर्घटना भएको हो ।
बस सडकबाट करिब २०० मिटर तल खसेको जनाएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।