कम्युनिष्टहरु डरलाग्दो शासन चलाउन खोज्दैछन्ः देउवा

913
views

काठमाण्डौ । कम्युनिष्टहरुले एकता गरेर राणा शासन भन्दा पनि डरलाग्दो शासन चलाउन खोजेको प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले लोकतन्त्रलाई समाप्त पार्न खोज्ने तत्वहरु एक भएको र उक्त तत्वले नेपालमा लोकतन्त्रलाई नै धरापमा पारेर डरलाग्दो शासन चलाउने खेलमा लागेको बताए ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं स्मारिका विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै देउवाले वाम गठबन्धनले लोकतन्त्रमा चुनौति थपिएको बताए ।
वाम गठबन्धन प्रजातन्त्र विरोधीहरुको गठबन्धन हो प्रधानमन्त्री देउवाले भने ‘प्रजातन्त्र नमान्नेहरु एकजुट भएर डर, त्रास र धम्कीको शासन चलाउन खोजेका छन् ।’ उनले भने, ‘कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन् ।
कम्युनिष्टहरुले लोकतन्त्रमा विश्वास नगर्ने प्रधानमन्त्रीको आरोप थियो । उनीहरुले अधिनायकत्वलाई महत्व ठान्छन् र त्यो प्रकारको अधिनायकत्वमा जनता वेजवाफी हुन्छन् प्रधानमन्त्री देउवाले भने ‘यसको फैसला जनताले नै गर्नुपर्दछ । अधिनायक्त्वलाई प्रसय दिने वा लोकतन्त्र बचाउने ।’ अधिनायकत्ववादीहरुले राष्ट्रवादको कुरा गर्न नसुहाउने भन्दै प्रधानमन्त्री देउवाले भने कम्युनिष्टहरु अन्तराष्ट्रियवादी हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली कांग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको कांग्रेस अझै लड्न तयार भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गरेका थिए।