प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारी दर्ता सुरु

706
views

५ कार्तिक, काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार विहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपुर्ण रुपमा नै भैरहेको मनोनयन निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ वटा निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा चुनाव हुँदै छ ।
बाँकी ४५ जिल्लामा आगामी मंसिर २१ गते निर्वाचन हुने छ ।