रोल्पामा वाजागाजा र जुलुशका साथ माओवादी केन्द्रका नेता वर्षमान पुनको उम्मेदवारी दर्ता

754
views

५ कार्तिक,  नयाँ संविधान अन्र्तगत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् । पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए। उनी माओवादी केन्द्रका तर्फबाट रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका छन्।

रोल्पामा उम्मेदवारी दर्ता गराउँदै माओवादी केन्द्रका नेता वर्षमान पुन


पूर्व अर्थमन्त्री पुनका साथ प्रदेशसभाबाट उम्मेदवारी पाएका माओवादी नेता कूलबहादुर केसी र दीपेन्द्र पुन पनि छन्। प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रपनि माओवादी केन्द्रले नै पाएको छ।त्यसमध्ये केसी रोल्पा (क) का उम्मेदवार हुन् भने पुन रोल्पा(ख) का उम्मेदवार बनेका छन्। माओवादी केन्द्रको पकड रहेको रोल्पामा वाम गठबन्धनको प्रमुख घटक दल एमालेको तर्फबाट उम्मेदवार छैनन्।उम्मेदवारी दर्ताका लागि माओवादी उम्मेदवारहरु वाजागाजा र जुलुशका साथ लिवाङस्थित निर्वाचन आयोगको कार्यालयतर्फ लागेका छन्। उम्मेदवारी दर्ताका लागि गरिएको ¥यालीमा जिल्लास्थित एमालेका नेताकार्यकर्ता पनि सहभागी छन्।

र्यालीका सहभागीहरुले राष्ट्रिय झण्डाका अलवा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चिन्ह र एमालेको सूर्य चिन्ह अंकित झण्डा बोकेका छन्।