मतका आधारमा उत्कृष्ट तीन, कसले मार्ला बाजी ?

933
views

६ कात्तिक,  फिफा वर्ष खेलाडीको छिनोफानो आज हुदैँ छ । फिफा वर्ष खेलाडीको यो संस्करणमा रियल म्याड्रिडका फरवार्ड रोनाल्डो, बार्सिलोनाका लिओनल मेस्सी तथा पिएसजीका नेयमार उत्कृष्ट तीनमा परेका छन् । मतका आधारमा उत्कृष्ट तीन जना मध्येका एकले वर्ष खेलाडीको उपाधि जित्ने छन् ।

यो वर्ष फिफा वर्ष खेलाडीको दौडमा रियल म्याड्रिडका रोनाल्डो अगाडी देखिएका छन् । रियललाई च्याम्पियन्स लिग तथा लालिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डोलाई सम्भावित विजेताको रुपमा हेरिएको छ ।

यसै गरि वार्सिलोनाका फरवार्ड लिओनल मेस्सीलाई वर्ष खेलाडीको अर्को सम्भावित खेलाडीको रुपमा हेरिएको छ । गत वर्ष लालिगामा उत्कृष्ट प्रर्दशन गर्दै गोल्डेन बुट जितेका थिए यस्तै पिएसजीका फरवार्ड नेयमारले समेत गत सिजन वार्सामा रहँदा उत्कृष्ट प्रर्दशन गरेका थिए ।