सँस्थागत विद्यालयका शिक्षकका लागि कस्टुमाईज्ड तालिम सुरु

472
views

कात्तिक ९,पर्वत बिकाशराज पौडेल ।
शैक्षिक तालिम केन्द्र कास्कीको आयोजना तथा निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन नेपाल जिल्ला कार्य समिती पर्वतको व्यवस्थापनमा सँस्थागत विद्यालयका शिक्षकका लागि ५ दिने कस्टुमाईज्ड तालिम आजवाट शिवालय स्रोत केन्द्रमा सुरु भएको छ ।

तालिमको एक समारोहका विच जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र क्षेत्रीले उद्याटन गर्नुभयो । कार्यक्रममा पर्वत प्याव्सनका अध्यक्ष वसन्त कर्मचार्य ,प्रदेश न ४ का सदश्य इन्द्रमान खत्री ,शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र क्षेत्री रामकृष्ण रेग्मी लगायतले वोल्नुभएको थियो
चिन्तामणि सर्मा ,रुद्रमणि सर्मा , केसरमणि न्यौपाने , लक्ष्मण गौतमले प्रशिक्षण दिने तालिममा पर्वत जिल्लाका संस्थागत विद्यालयका ६५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।
उक्त तालिम १३ गतेसम्म सञ्चालन हुने छ