(अपडेट) त्रिशुली नदिमा बस दुर्घटना : मृतकको संख्या ३० जना पुग्यो, उद्धार कार्य जारी

407
views

११ कात्तिक, धादिङ :
त्रिशुली नदिमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । मृतक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदिमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुने मध्ये १२ जनाको सनाखत खुलेको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।

त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर रहेको राउतले जानकारी दिए । दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।