असिनापानीले धादिङको धानबाली नष्ट

387
views

धादिङ, १२ कात्तिक । शनिबार राति हुरीबतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमा धानबाली नष्ट भएको छ ।
नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकन्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।
चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झर्‍यो । धान काट्दै गरेका र काट्न बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।
काट्ने बेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताए ।