भूपेन्द्रजंग शाहीलाई अत्यधिक मतले विजयी बनाउन नचुकौँ : बाबु त्रिपाठी

507
views

काठमाडौं, १४ कार्तिक ।

आगामी केन्द्र र प्रदेश सभाको निर्वाचनमा भोट हाल्दा उचित विबेकको प्रयोग गर्न मतदातालाई चौतर्फि आह्वान भरहेको छ ।
यसै सन्दर्भमा कवि एवम् गजलकार बाबु त्रिपाठीले कालिकोटको एकमात्रै प्रतिनिधि सभा सदस्यमा तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई मत हाल्नको लागि कालिकोटबासीहरुलाई आग्रह गरेका छन् ।
स्वास्थ्य विषयसँग नजिक रहेर कालिकोटको बिचारा स्थितिलाई प्रत्यक्ष अनुगमन र अनुभत गरेका गजलकार त्रिपाठीले पार्टी भन्दा माथि उठेर कालिकोटका मतदाताहरुले मतदान गर्नुपर्ने तर्क अघि सारेका छन् ।
उनले अफ्नो फेशबुक पेजमा लेखेका छन,‘हामी कतिञ्जेल अप्ठ्यारो सहेर बस्ने ? कतिञ्जेल पटक पटक आउनेहरुको मात्र विश्वास गरिरहने ? सुन्दर कालिकोट र समृद्ध कालिकोट आजको आवश्यकता हो ।
तसर्थ म मेरा तमाम साथीहरूसँग यो आग्रह गर्न चाहन्छु कि यस पटक, अबको निर्वाचनमा अलि माथि उठेर व्यक्तिलाई हेरौँ । यो पाला भुपेन्द्रजंग शाहीलाई बुझौँ ।’
उनले अघि लेखेका छन‘उहाँलाई अत्यधिक मतले विजयी बनाउन नचुकौँ । भुपेन्द्रजंग शाही नेता मात्र होइन उहाँ एक कवि पनि हुनुहुन्छ ।
तपाइँको १ भोट उहाँलाई विजयी बनाउन प्रयाप्त हुने छ । यो पटक आफ्नो मनको कुरा पनि सुनौँ ।म यो कविता भुपेन्द्रजंग शाही र कालिकोटको नाउँमा राख्न चाहन्छु । जुन कविता कालिकोट जाँदा लेखेको थिएँ । म भुपेन्द्रजंग शाहीलाई यो पटकको प्रतिनिधि सभामा देख्न चाहन्छु । म समृद्ध कालिकोट हेर्न चाहन्छु ।
कर्नालीको नाउँमा
‘‘‘‘‘‘‘‘
जानेहरूले
तिमीहरू
कहिल्यै खिया नलाग्ने औजार भनेर गए ।
यति हुँदा हुँदै पनि
हाम्रो मस्तिष्क किन आरन मानिएन ?
हाम्रो बोली किन आगो मानिएन ?
किन हाम्रा मुट्ठीहरू–घन भै दिएनन् ?
किन हाम्रो रगत र पसिना पाइन भै दिएनन् ?
मानौँ, बनाइदिनेले
हाम्रा औँलाहरू
मात्र
झार उखेल्नका लागि बनाइदिएछन्
नत्र,
जति फुटाए पनि चट्टान
किन भेटिदैन माटो ?
किन भेटिँदैन मूल ?
सहनु भन्यौ–
सहन त सहेकै छौँ–भोक
तर कहिलेसम्म हामीले
निलिइरहनु पर्ने हो–यसरी बालुवा ?
सहनु भन्यौ–
सहन त सहेकै छौँ–तीर्खा
तर कहिलेसम्म हामीहरूले
पिइरहनु पर्ने हो–यसरी आँसु ?
सहनु भन्यौ–
सहन त सहेकै छौँ–अभाव
तर
कहिलेसम्म काखमा बोकिइरहनु पर्ने हो
यसरी क्षयग्रस्त नानीहरू ?
तुइनको लट्ठा चुँडिनमात्र खोज्छ
पिठयूँले
कहिलेसम्म धान्न पर्ने हो
चट्टान खापिएको हाम्रो अनुहारजस्तो कुरुप पहाड ?
सहनु भन्यौ–
सहन त सहेकै छौँ–पीडा
तर
आँखामा सिङ्गो कर्नाली लिएर
कहिलेसम्म बग्न पर्ने हो यसरी ?
सहनु भन्यौ–
सहन त सहेकै छौँ–शोक
तर कहिलेसम्म समाइरहन पर्ने हो
सपनाका अपसगुन पोकाहरू
जो हाम्फाल्न खोजिरहन्छन् कर्नालीमा ?
क्रान्तिको नाम दिएर
छोराहरू लगेथ्यौ–मारिए कि छन् कतै ?
छोरीहरू लगेथ्यौ–बेचिए कि छन् कतै ?
यति त बुझिदेऊ–
अन्धकार र सुख एउटै हो हाम्रो लागि
हामी कोसँग सोधौँ
के कर्नाली
यो देशको मानचित्र भित्र पर्दैन ?