देजमो र नयाँ शक्ति पर्वतलाई निषेध

871
views

नवदृष्टि संवाददाता
पर्वत,५,बैशाख । देशभक्त जनगणतान्त्रिक मोर्चा सहित नयाँ शक्ति पार्टी नेपाल पर्वतलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले दलिय अधिकारमा निशेषध गरेको छ । मंगलबार देजमो दल दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पर्वतमा गएको देजमोलाई निश्चित समय नभएको भन्दै दल दर्तामा निशेषध गरिएको हो । देजमोले जिल्ला निर्वाचन कार्यालयमा मंगलबार दल दर्ता गर्न गएको थियो । निर्वाचनमा सहभागी गराउनुपर्ने माग राख्दै आएको ६८ दल मध्येको देजमो र नयाँ शक्ति पार्टी नेपाललाई दलिय अधिकार दिन नसकिने जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन कार्यालयका अधिकारी लक्षु शर्माका अनुसार निर्वाचन कार्यालयले दिएको निश्चित अवधी टलेकोले दल दर्ता गर्न नसकिने बताउनुभयो । यता नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्र्चाज तेजेन्द्र पौडेलले दल दर्ताको माग गर्दै निवेदन दिएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि आन्दोन गर्दै आएको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य एवं पर्वतका संयोजक महेन्द्र जंग लामिछानेले पनि दलिय मान्यता र चुनाव चिन्ह दिनुपर्ने बताउनुभयो ।