भारत फकाउँदै नेपालका राष्ट्रपति

412
views

काठमाडौ । भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै आफू ब्यक्तिगत रुपमा निकट रहेको बताउनुभएको छ । उहाँले भारतले राम्रो आतिथ्यता गरेको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ’गार्ड अफ अनर’ ग्रहण गरिसकेपछि संचारकर्मीहरुसंग भन्नुभयो ‘भारतीय पक्षले मलाई धेरै राम्रो आतिथ्यता प्रदान गरेको छ । त्यसका लागि म एकदमै आभारी छु । मेरो यो भ्रमण दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउन र नयाँ उचाईमा र्पुयाउन कामयावी हुने मैले अपेक्षा गरेको छु ।’
राष्ट्रपति भण्डारीलाई सोमबार भारतीय राज्यमन्त्रीले विमानस्थलमा स्वागत गर्नु नेपालका लागि ’अपमानजनक भएको’ भन्दै नेपालमा सोसियल मिडियामा बिरोध भइरहेका बेला राष्ट्रपतिले भारतको आतिथ्यताप्रति खुशी ब्यक्त गर्नुभएको हो ।
नेपाल र भारत अति नजिकको छिमेकी मित्रराष्ट्र मात्र नभएर मुल्य मान्यता, धार्मिक, सांस्कृतिक, सामाजिक र कतिपय ब्यबस्था पनि समान रहेको भण्डारीले बताउनुभयो ।
‘नेपाल र भारत धेरै नै निकट छौँ र ब्यक्तिगत रुपमा पनि म भारतसँग निकटता महशुस गर्छु । म भारत सरकार र मैत्रीपूर्ण सम्पूर्ण भारतीय जनताका लागि धेरै धेरै शुभेच्छा लिएर आएको छु’ उहाँले भन्नुभयो‘ भारतले जुन यी दिनहरुमा विकास गरेको छ यो विकासले धेरै सहयोग पुगेको छ र विश्वकै जनतालाई यसले सहयोग पुग्नेछ भन्ने मलाई लाग्छ ।’