नेकपा जिस्क्याउँदै प्रहरी ः– चुनाव विरोधी सभामा प्रहरी हस्तक्षेप

866
views

नवदृष्टि संवाददाता
बुटवल, ५, बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ले गरेको स्थानीय तहको चुनाव सभामा प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय चुनाव बहिस्कारको नारा लिएको विप्लवको पार्टीले बुटवल, कञ्चनपुर लगायतका स्थानमा सभा गर्न खोजरहेका बेला प्रहरीले हस्तक्षेप गरेको हो । एकीकृत जनजागरण तथा प्रतिरोध अभियानको नाममा चन्दको पार्टीले बुटबलको ट्राफिक चोकमा आमसभा गर्न खोजेको थियो । सभा सुरु हुनासाथ प्रहरीले हस्तक्षेप गरेपछि चुनावी सभालाई धक्का पुगेको थियो ।
लुम्बिनी ब्युरोले बुटवलमा आयोजना गरेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर, पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतको उपस्थति थियो । सभाअघि नगरपरिक्रमा क्रममा ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा लगाइएको थियो । नेपाल कम्युनिष्ट पार्टीले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो । सभामा स्थानीय तहको निर्वाचनको बिरोध समेत गरिएको थियो ।