सुस्तामा नेपाल र भारतबीच कुस्ती

356
views

नवलपरासी १९ कार्तिक । नेपाल र भारतबीचको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुत्त रुपमा जितेका छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका–५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्त रुपमा जितेका हुन् ।
खेलमा प्रथम विजेताले क्रमश रु ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी द्वितीय हुनेले रु ४ हजार, एक थान टीभी तथा तृतीयले रु २ हजारसहित एक थान साइकल पाएका हुन् । प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।