क्रान्तिकारी माओवादीद्वारा मोर्चा मार्फत चुनाव उपयोग गर्ने रणनीति

1823
views

नवदृष्टि संवाददाता
काठमाण्डौ १५ चैत्र

नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निवार्चानसम्बन्धी निर्णय लिन बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आज सकिदैछ । दुई दिनका लागि बोलाइएको बैठकमा सो पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले पाँच पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि ६ वटा समूह बनाएर वृहत छलफल गरेको पार्टी प्रवक्ता हरिभक्त कँडेलले जानकारी दिए ।

नवदृष्टिले सोधेको निर्वाचन उपयोग बारे जानकारी दिदै कडेलले भने – स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको र अहिले उभारको अवस्था नरहेकोले क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न जनताको एउटा ठूलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको हुँदा सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले स्थानीय तहको निर्वाचन पार्टीको नभई मोर्चा मार्फत उपयोग गरेर जानुपर्छ भन्ने बहस चलेको छ ।  उनले क्रान्तिकारी माओवादीको यो विस्तारित बैठक र यसले गर्ने निर्णयलाई निकै उत्सुकतापूर्वक हेरिरहेको समेत जानकारी दिए ।

नेपालको कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनमा बँचेको एकमात्र क्रान्तिकारी राजनीतिक पार्टी भएकोले आनो  पार्टीले गर्ने निर्णयले नेपालको नयाँ जनवादी क्रान्तिको राजनीतिक रणनीतिलाई प्रभावित तुल्याउने भएकोले सो यो पार्टी र क्रान्तिप्रति सहानभूति र समर्थन गर्ने जनपंक्तिको लागि रणनीतिको सेवा गर्ने खालको कार्यनीतिक स्टेप चालोस् भन्ने अपेक्षा गरेको कडेलले दाबी गरे ।

सोमबारदेखी बैठकको सञ्चालनले संचालन पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गर्नुभएको छ ।