१६ औ साफ च्याम्पियनसीपका लागि पर्वतका १४ खेलाडी छनौट

591
views

विकासराज पौडेल
पर्वत १९ कातिक । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको साफ च्याम्पियनसीपका लागि पोखरामा हुने क्षेत्रीय छनौट प्रतियोगितामा पर्वतका १४ जना खेलाडी छनौटमा परेका छन् ।

च्याम्पियनसीपमा छनौट खेलाडीहरुलाई आज एक समारोहकाबीच खेल प्रशिक्षक राष्ट्रिय कराँते रेफ्री राम श्रेष्ठले विदाई गरेका हुन् । पोखरामा हुने १६ औं साफ च्यापीयनसीप छनौट प्रतियोगिताका लागि पुरुष तर्फ ४५ केजीमा अमृत गौतम, ५० मा प्रदिप परियार, ५५ मा सन्देश जिसी, ६० मा विज्ञान श्रेष्ठ, ६७ सुसिल सन, ७५ मा राजन श्रेष्ठ ८० प्लसमा शिव श्रेष्ठ, ८४ प्लसमा सन्देश शाही र महिला तर्फ ४० केजी उषा शर्मा र पायल श्रेष्ठ, ५० केजीमा नीर पून, ५५ मा आकृति श्रेष्ठ, ६१ वर्षा श्रेष्ठ र अफिलसियल टिम कोच दर्पण श्रेष्ठ को टोलीलाई विदाई गरिएको हो ।