लोकतान्त्रिक गठवन्धन राप्रपा नुवाकोटद्वारा चुनाव प्रचार प्रसार समिति गठन

561
views

नुवाकोट, १९, कार्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं नुवाकोट जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार अर्जुननरसिंह केसी, प्रदेशसभा १ र २ का उम्मेदवारहरू जगदिश्वोरनरसिंह केसी र जगतवहादुर तामाङलाई विजयी गराउन गठवन्धन दल राप्रपा नेपालले चुनाव प्रचार प्रसार समन्वय समिति गठन गरेको छ ।

राष्ट्रीय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला कार्यसमिति नुवाकोटले नेपाली काँगेसका नेता बद्रीनरसिंह केसीको सहभागितामा श्याम केसीको संययोजकत्वमा प्रचार प्रसार समन्वय समिति गठन गरेको हो । प्रचारप्रसार समितिको गठन पछि सो को जानकारी नेपाली काँग्रेसलाई गराइएको राप्रपा क्षेत्र नं २ का अध्यक्ष नरेन्द्र फुयाँलले जानकारी गराए ।

फुयाँलले भने अत्यधिक बहुमतले विजयी गराउनका लागि निवार्चन प्रचार प्रसार समिति गठन गरिएको र सो अनुसार कार्यान्वयन गनेृ गराउने समेत निर्णय भएको हो ।