लोकतन्त्रको रक्षाका लागि काँग्रेसले जित्नुपर्छः उपप्रम गच्छदार

755
views

इनरुवा, २३, कात्तिक । नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुपर्ने बताएका छन् । बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो ।

गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न काँग्रेसको जित आवश्यक रहेको बताए । मन्त्री गच्छदारले काँग्रेस जिते लोकतन्त्र बलियो हुने र लोकतन्त्र बलियो भयो भने देशमा आर्थिक सम्बृद्धि हुने भएकाले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए ।