टक्करको राजनीतिः एक बुथ एक सय एक युथ परिचालन गर्ने वाम गठवन्धनको निर्णय

693
views

पर्वत । वामगठबधन बनाएर चुनाबी प्रतिष्पर्धामा ओलिएका नेकपा –एमाले) र नेकपामाओवादी केन्द्रले पर्वतका सबै बुथमा एक बुथ एक सय युथ परिचालन गर्ने भएका छन ।

नेकपा (एमाले) को भातृसंगठन युवा संघ नेपाल र नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको पर्वतमा सोमबार बसेको बैठकले एक बुथ बराबर एक सय युथ परिचालन गर्ने निर्णय गरेको हो ।

पर्वत जिल्लाका ७४ वटै मतदान केन्द्रमा एक सयका दरमा युवाहरु संयुक्त रुपमा परिचालन गरिने युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य शिब पौडेलले जानकारी दिए । ‘पर्वतका मतदान केन्द्रहरुमा कम्तीमा पनि ७ हजार ४ सय युवारु एकसाथ परिचालन गर्ने छौ’ उनले भने ‘निर्वाचन प्रचारप्रसार देखि मतगणनासम्म सबै युवाहरु निर्वाचनकै काममा खट्ने छन’ युवाहरुको संयुक्त परिचालन गरि विपक्षीहरुले मतदाता किन्ने, बाम कार्यकर्ताहरुलाई धम्क्याउने कार्यलाई निरुत्साहित गर्दै वामगठबन्धनका उमेदवारलाई बिजय गराउन खट्ने निर्णय पनि गरेका छन ।

युवा संघका केन्द्रिय सचिवालय सदस्य पौडेलका अनुसार कार्तिक २४ गते जलजला, २५ गते मोदी र २६ गते कुस्मा नगरपालिकामा संयुक्त युवा भेला आयोजना गरिएका छन । फलेवास, महाशिला, बिहादी र पैंयूँ गाउँपालिकामा पनि छिट्टै भेला आयोजना गरिने जनाइएको छ ।