९ वर्ष (३ हजार दिन) बलत्कार, आठ पटक गर्भपतन

1280
views

आफ्नै बुबा र भाइले ९ वर्ष (तीन हजार दिन) सम्म लगातार बलात्कार गरेको एक युवतीले जनाएकी छन् । घटना हो भारतको लखनउ आलमवागकी सिमा (नाम परिवर्तत) को । सिमाको आरोप छ बुवा र भाइले नौ वर्ष सम्म बलात्कार गरेको तथा आमाले ८ पटक सम्म गर्भपतन गराइदिएकी थिइन् ।
उनले २०१३ सेप्टेम्बर ६ तारिखका दिन उनले यस्तो नर्कबाट छुट्कारा पाएकी थिइन् भने हाल उनका बाबु, आमा र भाइ जेलमा छन् ।
सीमाका अनुसार उनी १४ वर्षसम्म आफ्नो हजुरआमाको घरमा रहेकी थिइन् । त्यसपछि उनी आफ्नो घरमा आइन् । उनी घरमा प्रवेश गर्ने दिननै उनका बाबु बिरामी भए । बुबा अस्पताल नगएर तान्त्रिककोमा गए । तान्त्रिकले आफ्नो जिन्दगी बचाउनेहोस् भने छोरीसँग यौन सम्बन्ध राख्नु भन्ने सल्लाह दिए । त्यहि सल्लाहले नै सीमाको जिन्दगी नरक बनाइदियो । उनलाई जबरजस्ती बुबाको साथमा यौन सम्बन्ध राख्न बाध्य पारियो । जब सीमा यसको विरोधमा जान्थिन् तव उनलाई कुटपिट गरिन्थ्यो ।
आमाले बुबासँगै सुत्न दवाव दिन्थीन् । त्यसको तीन वर्षपछि उनले भाइलाई राखी (रक्षा बन्धन) को धर्म निभाएर यस्तो अवस्थाबाट मुक्त गराउन अनुरोध गरिन् । तर, उल्टो भयो । त्यसपछि भाइले पनि बलात्कार गर्न थाले । आमाले बुबा र भाइ दुवैजनासँग यौन सम्बन्ध राख्न दवाव दिन्थिन् । सीमाले भनेकी छन् ।
एकदिन सीमा (६ सेप्टेम्बरका दिन) बेरोजगारी भत्ताको फर्म भर्ने बहानामा घरबाट निस्केर युपीका मुख्यमन्त्री अखिलेश यादवको घरमा पुगिन् । उनले त्यहाँ आफ्नो ९ वर्षको पीडा सुनाइन् । उनको आमा बाबु र भाइको नाममा मुद्दा हालिन् । भाइ, आमा र बाबु पक्राउ परे । पक्राउ परेपछि प्रहरीको सोधपुछमा सीमाका बुवाले हरेक रात सपनामा छोरीसँग यौन सम्बन्ध राखे सबै दुःख हट्ने भनेर कसैले भनेपछि छोरीको बलात्कार गर्ने गरेको बताएका थिए ।
सीमालाई रानी लक्ष्मी बाई पुरस्कारबाट सम्मानित गरिएको छ । हाल सीमा नइ आशा नामको एक एनजिओको संरक्षणमा रहेकी छन् । दैनिक भास्कर डटकम