स्विट्जरल्याण्ड र क्रोएशिया विश्वकपमा छनोट हुने संभावना बलियो

428
views

काठमाडौं, २४, कात्तिक । स्विट्जरल्याण्ड र क्रोएशिया रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् । अर्को वर्ष रुसमा हुने खेलमा बिहीबार राती भएका पहिलो लेगका खेलहरु जित्दै विश्वकप नजिक पुगेका हुन् ।

प्ले अफ् पहिलो लेगको खेलमा क्रोएशियाले ग्रिसलाई ४–१ ले हरायो । क्रोएशियाका लागि लुका मोड्रिच, निकोला कालिनिच, इभाँ पेरिसिच र आन्द्रे क्रामारिचले एक एक गोल गरे ।

प्ले अफ् कै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले हरायो । नर्दन आयरल्याण्डलाई उसैको मैदानमा पराजित गर्न स्विटजरल्याण्डका रिकार्डो रोड्रिग्वेजले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।