पत्रकार पनि चुनावि प्रचारमा

335
views

काठामाडौं, २५ कार्तिक । राजनीतिक दल र उम्मेदवारले आसन्न प्रदेश र प्रतिनिधिसभामा निर्वाचन प्रचारमा निर्वाचन आयोगले लगाएको अंकुश छल्दै नयाँ ढंगले प्रचारलाई आक्रामक रुपमा अघि बढाएका छन ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनाव चिन्ह अंकित टी–सर्ट गन्जीजस्ता सामग्रीको उत्पादन र वितरणमा रोग लगाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ एंव स्वतन्त्र रुपमा सम्पन्न गर्ने उदेश्यले आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले प्रचारप्रसारमा कडाई गरेपछि राजनीतिक दलले प्रचार शैली फैर्दै मिडिया र सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन । आफ्नो पक्षमा प्रचार गराउन उनीहरुले नयाँ अनलाइन मिडिया चलाउने आफै पत्रिका प्रकाशन गर्नुका साथै स्थनीय रेडियो एफएमबाट प्रचार गराईरहेका छन ।
फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जाललाई राजनीतिक दल तथा उम्मेदवारले व्यापक रुपमा प्रयोग गरिरेहका छन । अहिले सामाजिक सञ्जाल चुनावमय भएको छ । यसका साथै उनीहरुले फिल्म हलबाट समेत प्रचारप्रसार गरिरेहेका छन । आजको राजधानी दैनिकबाट