गोलभेडा भन्दा स्याउ सस्तो

496
views

काठामाडौं, २५ कार्तिक । शुक्रबार नारायणगढस्थित तरकारी बजारमा प्रतिकिलो १२० रुपैयाँको दरमा गोँलभेडा विक्रि भयो । सोहि समयमा नारायणगढ बजारमै महँगो मानिने फलफूल स्याउ भने प्रति किलो १ सय देखि १ सय ४० सम्ममा विक्रि भइरहेको थियो ।
चितवनमा अहिले सवैजसो तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँको हाराहारीमा छ । चाडपर्वको बहानामा तरकारीको मूल्य बढाएका व्यापारीहरुले अहिलेसम्म पनि नघटाएको उपभोक्ताको आरोप छ । भरतपुर २७ मेघौलीकी अमृता भन्छिन्, ‘तरकारीको मूल्य छोइसाध्य छैन, किसानले मूल्य पाएन भन्दै गर्दा हामी उपभोक्ताले यति महुँगो तरकारी खानुपर्ने स्थिति कसरी आयो सरकारले अनुगमन गर्नुपर्छ ।’ भरतपुरका स्थानीय पूर्ण कुमार श्रेष्ठका अनुसार तिहार पछि तरकारीको मूल्य आकासिएको हो । उनले भने, ‘यसका सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । उपभोक्ता पनि यस विषयमा सचेत हुन आवश्यक छ ।’ आजको नयाँपत्रिका दैनिकबाट