बंगलादेशले पायो १८१ रनको लक्ष्य

404
views

कार्तिक २५ गते । वर्षाका कारण नेपालले पुरै इनिङ खेल्न नपाएपछि मलेसियामा अहिले जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशले १ सय ८१ रनको लक्ष्य पाएको छ ।
बंगलादेशले उक्त लक्ष्य ४० ओभरमा पुरा गर्नुपर्नेछ। समूह ए को पहिलो खेलमा नेपालले टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो ।
४०.१ ओभरमा नेपालले ६ विकेट गुमाएर १६७ रन बनाएको स्थितीमा वर्षाले खेल रोकिएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्बा्धिक ४४ रन जोडे । ४० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै रोहित कुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे। अनिल कुमार शाहले १९ रन बनाए ।
७० रन बनाउदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौ विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गर्दै नेपाली पारी उकासेका थिए । बंगलादेशका लागि नयिम हसनले ३ विकेट लिए ।