आज हैदरावाद र दिल्ली भिड्ने

821
views

बैंग्लोर, ६ ,वैशाख । – इण्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको गएराती भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङलोर २१ रनले विजयी भएको छ । २ सय १३ रनको लक्ष्य पछ्याएको गुजरात लाइन्स निर्धा्रित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ९२ रनमा समेटिएपछि ब्याङलोर २१ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर्सका लागि क्रिस ग्यालले ३८ बलमा ७ छक्का र ५ चौकाको मद्दतमा ७७ रन जोड्दा विराट कोहलीले १ छक्का र ७ चौका प्रहार गर्दै ६४ रनको योगदान गरे । रोयल च्यालेन्जर्सका केदार जदाभ ३८ र ट्रभिस हेड ३० रनमा अविजित रहेका थिए । गुजरातका ब्रेन्डम म्याकुलमले ७२ रन जोड्दा इशान किसनले ३९, सुरेश रैना र रविन्द्र जडेजाले २३, २३ रनको योगदान गरे । लिग अन्तर्गत बुधबार बेलुका सनराइजर्स हैदरावाद र दिल्ली डेयर डेभियल्सबीच खेल हुनेछ ।