राष्ट्रपतिको भारत भ्रमणले नेपालको शान बढायो ……..(तस्विर सहित)

नेपाली भाषामै राष्ट्रपतिको भाषण

938
views

नयाँदिल्ली÷काठमाण्डौ,६बैशाख । सामाजिक मिडियाहरुमा भारतीय राज्यमन्त्रीको स्वागतले नेपालका राष्ट्रपतिको अपमान भईरहेको आईरहँदा राष्ट्रपति विद्या भण्डारीले नेपाल र नेपालीका लागि नेपाली भाषामै भाषण गर्नुभएको छ । भारत भ्रमण रहनु भएकी भण्डारीले मंगलबार भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अर्नर’ सम्मानपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदैं नेपाली भाषामै बोल्नु भएको थियो ।उहाँले आफ्नो भारत भ्रमण दुई देशको मित्रतालाई अटुट र अभैm प्रगाढ बनाउनका साथै नयाँ उचाइमा पु¥याउन सहयोग पुग्नेछ भन्ने अपेक्षा गरेको बताउनु भएको थियो । उहाँले नेपाल भारत असाध्यै नजिकको छिमेकी राष्ट्र भएको र छिमेकी मात्र नभएर धार्मिक सांस्कृतिक सामाजिक, संस्कृति र मुल्य मान्यता समेत नजिक रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले मंगलबार राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, गृहमन्त्री राजनाथ सिंह लगायतलाई भेट गर्नु भएको छ ।
उहाँले मंगलबारै नयाँदिल्लीको जगतपुरस्थित यमुना उद्यानमा मौवाको वृृक्ष रोपणपछि सिंँचाइ गर्नु भएको छ । साथै राजघाटस्थित महात्मा गान्धि समाधिस्थलमा पुगेर श्रदान्जली अर्पण समेत गर्नु भएको थियो । यसैबीच उहाँले मंगलबारै भारतीय विदेश मन्त्रालय, भारतीय उद्योग परिसंघ भारतीय उद्योग वाणिज्य महासंघ तथा अशोचामद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आव्हान गर्नु भएको छ । उहाँले नेपालमा लगानी गरेर उपयुक्त अवसरको फाइदा लिन आग्रह गर्दै भारतीय लगानीकर्तालाई कुनै भेदभाव नगरेको र विदेशीले जमिन किन्ने बेच्ने सुविधा समेत नेपालमा रहेको बताउनु भएको थियो ।